वार्ताको हल्ला चलिरहेको बेला विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका बाग्लुङ इन्चार्ज छम सेन र सामना परिवारका कलाकार सरल माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीको कामको सिलसिलामा बागलुङमा सामान्य अवस्थामा रहेको बेला जिल्लाको खज्र्याङबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । सेन पुराना नेता हुन् भने माझी सामना परिवारका कलाकार हुन् ।

उनीहरुको पक्राउ बारे प्रहरीले जानकारी दिएको छैन । पछिल्लो पटक सरकारले बार्ताको हल्ला चलाएर नेकपाका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार