अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत केन्द्रीय सामना सांस्कृतिक परिवारका प्रमुख तथा जनप्रिय जनकलाकार सरल माझीलाई सामाजिक फासिवादी केपी ओली सरकारले २०७७ साल माघ २४ गते सामान्य अवस्थामा हिंडिरहेकै बेला बाग्लुङ जिल्लाको खर्बाङबाट गिरफ्तार गरेको घटनाप्रति हाम्रो सङ्गठन घोर आपत्ति प्रकट गर्दछ । हाम्रो सङ्गठन जनताका प्रिय कलाकारमाथि भइरहेका गिरफ्तारीलगायत अनेक प्रकारका दमन र ज्यादती तत्काल रोक्न कडा चेतावनी दिन चाहन्छ ।

नेपालको परिवर्तनकारी आन्दोलनमा जनताका कलाकारहरूको अद्वितीय भूमिका रहँदै आएको छ । बलिदान, समर्पण, शौर्यको प्रतिबम्बका रूपमा स्थापित सामना सांस्कृतिक परिवार र जनताका प्रिय कलाकारहरूमाथि पटक–पटक दलाल सामाजिक फासिवादी व्यवस्थाका मतियारहरूले गिरफ्तारी गर्ने, धरपकड गर्ने, वाद्यवादनका सामग्री लुट्ने, झुट्टा मुद्दामा फसाउने हर्कत गर्दै आएको छ । कमरेड सरल माझीको गिरफ्तारी त्यसैको पछिल्लो फासिवादी कडी हो । समकालीन नेपाली राजनीतिको यस्तो विशिष्ट अवस्थामा जनताका कलाकारलाई बिनाकारण गिरफ्तार गरिनु सामान्य परिघटना हुनै सक्तैन । हाम्रो सङ्गठन जनताको महान् बलिदानबाट प्राप्त राजनीतिक–वैचारिक अधिकारको सम्मान गर्न आग्रह गर्न चाहन्छौँ । हाम्रो सङ्गठन पक्राउ परेका जनकलाकार सरल माझी एवम् बाग्लुङ इन्चार्ज कमरेड छम सेनलाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछ । हाम्रो सङ्गठन क्रान्तिकारीहरूलाई मारेर, थुनेर, थकाएर, गलाएर वा आत्मसमर्पण गराएर महान् जनक्रान्तिको गतिवान प्रवाहलाई रोक्ने सपना नदेख्न पनि यसै वक्तव्यमार्फत चेतावनी दिन चाहन्छ ।

एकातिर वार्ताको हल्ला चलाउने र अर्कोतिर नेता–कार्यकर्तालाई निरन्तर धरपकड र गिरफ्तार गर्ने ओली सरकारको यस प्रकारको निकृष्ट कार्यको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । अतः ससंदीय सत्ताको सिनो लुछ्ने झगडामा निर्लिप्त भ्रष्ट र दमनकारी शासक एवम् असफल सिद्ध भइसकेको दलाल संसदीय व्यवस्थालाई ध्वंस गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ जनक्रान्तिको आँधी–तुफानमा समाहित हुन पनि हामी यसै वक्तव्यमार्फत सबैलाई आह्वान् गर्दछौँ ।

खेम थपलिया
महासचिव
२५ माघ, २०७७

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार