नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव नभए प्रधानमन्त्री केपी ओलीले आफुले सरकार छोड्ने बताएका बताएका छन् ।

एक अनलाइन पत्रिकासँग कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले आफ्नो सभापति देउवाको भनाई रहेको भन्दैं यस्तो खुलासा गरेका हुन् ।

ओलीले सभापतिकोमा आफ्ना प्रतिनिधि पठाएर वैशाखमा चुनाव गरिनँ भने म नै छाडेर हिँड्छु भन्नुभएको छ । यसले उहाँमा विश्वास बढेको देखिन्छ । तर यो सबै ओलीजीले आफ्नो निरङ्कुश शासन चलाइराख्ने प्रपञ्च गरिराख्नुभएको छ,’ उनले भने, ‘यसमा हाम्रो सभापति सजक हुनुपर्छ । प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव गर्नका लागि प्रतिनिधि सभा विघटन गर्नुभएको होइन । वैशाखमा चुनाव गराउने उहाँको कुनै चाहना छैन ।’

हिजो बाम गठबन्धन गरेर चुनावमा गएका ओली आज पार्टी चिरा परेका बेला चुनावमा जान्छन् भनेर सोच्न नसकिने उनको भनाइ छ  ।

‘चुनावमा जाने बेला भइसक्यो, अब पार्टी मिलाउनुपर्छ भन्ने बेलामा अर्को खेमाका नेताहरूलाई सार्वजनिक कार्यक्रममा हरेक दिन अपमानित गरेर एकदमै तल्लो स्तरमा गालीगलौज गर्नुभएको छ । उहाँ चुनाव नगरी सत्तामा बसिराख्ने सोचबाट उत्प्रेरित हुनुहुन्छ । आफू अनुकुल माहोल नबाई चुनावमा जानुहुन्छ जस्तो मलाई लाग्दैन,’ रिजालले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार