
डबल नेकपा प्रचण्ड माधव नेकपा समुहको स्थायी कमिटी सदस्य पम्फा भुषालले बैतडीमा बालिका बलात्कार भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कार्वाही गर्न माग गरेकी छिन् ।
नेतृ भुसालले सामाजिक सञ्जालमा आफ्ना विचार सार्वजनिक गर्दै सरकारलाई बालिका बलात्कारीलाई कारबाही गर्न चुनौती समेत दिएकी हुन् ।
गृहमन्त्री रामबहादुर थापाले केही दिन अघि सरकार विरोधी आन्दोलनमा लागेकाहरुलाई चिडियाखानामा थुन्ने चेतावनी दिएको बेला नेतृ भुसालले बलात्कारीलाई चिडियाखानामा थुन्न चुनौती दिएकी हुन् ।
सरकारले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी अझै पत्ता लगाउन नसकिरहेका बेला बैतडीमा अर्की बालिका भागिरथी भट्टको स्कुलबाट फर्किदा बलात्कारपछि हत्या भएपछि नेता भुषालले आक्राष व्यक्त गरेकी हुन् ।
सामाजिक संजाल फेसबुकमा नेतृ भुषालले लेखिकी छिन् –
‘फेरी बैतडीमा बीभत्स घटना । १७ बर्षिय भागीरथी भट्ट विद्यालयबाट घर फ़र्किन पाइनन ।बलात्कारको सीकार र बीभत्स हत्या भएकोछ । अपराधीलाई कडा कारबाही गर ।सक्छौ भने चिड़ियाखान राख सरकार ।’








