नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको लक्षण गतिलो नभएको बताए।

प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले थकाएपछि निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताएका हुन्।

उनले ७० प्रतिशत केन्द्रीय सदस्यलाई हिसाब नहेरर केपीले धम्क्याउनबित्तैकै त्यसैको हिसाब गरेको बताए।

केपी ओलीले गएर धम्क्याउनु भएछ, निर्वाचन आयोग अलिकति, आयोगका कोइकोइ मान्छे खै के हो, अहिले अलि बढी नभनौँ, भन्यो भने बिग्रने हो कि?’, उनले भने, ‘तर, लक्षण निर्वाचन आयोगले गतिलो देखाएको छैन है निर्वाचन आयोग।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार