
डबल नेकपाका प्रचण्डले प्रधानमन्त्री केपीओलीका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेपछि ती मन्त्रीबारे बालुवाटारमा खोजी थालेको छ ।
प्रचण्डले ढुक्कका साथ दुई मन्त्री फर्कने बताएका थिए । उनले हिजो भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै दुई मन्त्रीको आफूसँग वार्ता समेत भइरहेको बताए ।
दुई मन्त्री फर्कनका लागि प्रचण्डसँग समेत कुराकानी गरिसकेको विषय उठेपछि तिनको पहिचान गर्न खोजिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा पूर्व माओवादीबाट पाँचजनालाई मन्त्री बनाएका थिए ।
तीमध्ये गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई जावलाखेलको जुमा लगेर थुन्ने चेतावनी दिइसकेका छन् । प्रभु शाह पनि प्रचण्डको आलोचनामा उत्रिएका छन् । ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिदै आइरहेका छन् ।
यतिबेला प्रधामन्त्री ओलीसँग गृहमन्त्री बादल भने असन्तुष्ट छन् । विशेषगरी युवा संघको पुर्नगठनमा उनको पक्षधले बहिष्कार नै गरेको छ । यसबाट बादल आफूले मन्त्री बनाएका दावा लामासहित फर्कने अनुमानहरु लगाउन थालिएको छ ।







