
वैज्ञानिक समाजवाद कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त कार्यक्रमको लक्ष्य पार्टी एकता भएको बताएका छन् ।
आहुतीले चार पार्टीको संयुक्त घोषणा कार्यक्रम लाई संवोधन गर्दै नेपालमा प्रतिगमन प्रचण्डको वैचारिक विचलनसंगै शुरु भएको दाबी गरे ।
दोस्रो संविधान सभाको प्रकिया र संविधान निर्माणको प्रक्रियासंगै प्रतिगमनले जरा समाएको आहुतीको भनाई छ ।
दलाल पुँजीवाद नै आजको नेपालको बलियो प्रतिगमन भएको आहुतीको दाबी छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध ओली सरकारले छिटो फिर्ता लिनुपर्ने बताए ।
चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त कार्यक्रममा बोल्दै कट्टेलले सरकारले प्रतिबन्ध फिर्ता नलिए क्रान्तिकारी जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी दिए ।
कट्टेलले विप्लव नेतृत्वको नेकपाका गिरफ्तार नेता कार्यकर्तालाई ओली सरकारले रिहा गर्नैपर्ने बताए ।
उनीहरुका नेता कार्यकर्तालाई रिहा नगरे जनताले सत्ताको ढोका फोरेर भएपनि मुक्त पार्ने चेतावनी दिए ।







