नेपाल कम्युनिस्ट पार्टीका महासविच नेत्र विक्रम चन्द विप्लवले जनयुद्ध र जनआन्दोलनका सुन्दर सपना पूरा गर्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरुमा विशेष अपिल गरेका छन् ।

२६ औं जनयुद्ध दिवसको अवसरमा महासचिव विप्लवले वैज्ञानिक समाजवादको सुन्दर सपना पूरा गर्न आफुहरुले दृढ संकल्प गरेको बताएका छन् ।

आज देशमा देखा परेको संसदीय व्यवस्थाको संकटले आफुहरुले भन्दैं आएको वैकल्पिक व्यवस्थाको औचित्य पुष्टि हुँदै गएको महासविच विप्लवको दाबी छ ।

वैकल्पिक संयुक्त सरकारद्धारा अग्रगामी राजनीतिक निकास दिने उद्देश्यका साथ चार पार्टीबीच बनेको संयुक्त रणनीतिक मोर्चाको ऐतिहासिक महत्व रहेको महासचिव विप्लवको भनाई रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार