२६औं जनयुद्ध दिवस आयोजक समिती, अमेरिकाले पहिलो पटक जनयुद्ध दिवसको भब्य कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिहरु गुणराज लोहनी र लेखनाथ न्यौपानेलाई आमन्त्रण गरिएको थियो ।

जनयुद्धका सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण र अन्तरराष्ट्रीय गीत बजाएर ऐक्यबद्धता जाहेर गर्दै शुरु गरिएको थियो । कार्यक्रममा बोल्दै न्यौपानेले नेपालमा आमूल परिवर्तनको निमित्त जनयुद्ध आवश्यक थियो र त्यही ऐतिहासिक जनयुद्धको कारणले नै गणतन्त्र आएको बताए ।  न्यौपानेले युद्ध लड्ने साथीहरू अहिले आफ्नो देश छोडेर अन्यत्र पलायन हुनु परेकोमा आफुलाई दु:ख लागेको बताए । अबको यात्रा भनेको समाजवाद तर्फ रहेको हुँदा नयाँ पुस्ताले पहल गर्नुपर्ने बताए ।

त्यसैगरी बोल्ने क्रममा प्रमूख अतिथी लोहनीले नेपालमा अझै पनि पूर्ण रूपमा क्रान्ति सम्पन्न नभएकाले सबैले आ-आफ्नो ठाउबाट योगदान गर्नु बताए । यो ब्यबस्था ल्याउन भूमिका नरहेको व्यक्तिको हातमा सरकारको नेतृत्व जानाले अहिले नेपालमा यस्तो संकटपूर्ण परिस्थिति उत्पन्न भएको लोहनीको भनाई थियो ।उनको भनाई थियो, ‘नेपालमा अहिले दलाल पूंजीवादी सत्ता छ । यो दलाल पूंजीवादी उत्पिडनको अन्त्य अरु कुनै विचार र ब्यबस्थाबाट हुँदैन । यसको हल भनेको वैज्ञानिक समाजवादी क्रान्तिले मात्र गर्दछ ।’

अतिथिको रूपमा बौल्दै विश्व बहादुर शाह, कन्यैन परियार र तिलक केसीले जनयुद्ध दिवसको वर्तमान अवस्थामा झनै महत्व रहेको कुरा ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता काशिनाथ पौडेलले र संचालन दिपक लामिछाने गरेका थिए । मन्तब्य राख्ने क्रममा पत्रकार किशोर पन्थीले जनयुद्धको महत्व र बिष्णु भुजेलले नेपालको कम्युनिष्ट आन्दोलनको आवश्यकता बारे चर्चा गर्दै २६औं जनयुद्ध दिवसको शुभकामना ब्यक्त गरेका थिए भने मधुसागर पौडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा अमेरिका, यूरोप, मध्यपूर्व र मलेशिया लगायतका देशहरुबाट उत्साहजनक सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार