
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीको रणनैतिक संयुक्त मोर्चाको आयोजनामा बुटवलमा जनसभा सम्पन्न भएको छ ।
सभामा बोल्ने बत्ताहरुले विद्यमान राजनीतिक संकटको निकास संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको निर्माणतिर लाग्नु पर्नेमा जोड दिएका छन् ।
उक्त विशाल जनसभालाई नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य रामसिंह श्रीस, नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष ऋषिराम कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ र राष्टिय जागरण मंचका संयोजक गुणराज लोहनीलगायतले संवोधन गरेका छन् ।
त्यही कार्यक्रमअन्तर्गत अन्तरगत फागुन १४ गते जनसभा ( कैलाली, फागुन १८ गते जनसभा इटहरीमा हुने जनाइएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले माघ २९ गते राजधानीको प्रज्ञा भवनबाट रणनैतिक संयुक्त मोर्चाको घोषणा गरेका थिए ।







