सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको विप्लव नेकपामाथिको राजनैतिक प्रतिबन्ध आज सोमबार फुकुवा गर्ने भएको छ ।

संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादका लागि जनमत संग्रहमा जाने विप्लव नेकपाले वार्ताको प्रमुख एजेन्डा तय गरेको बुझिएको छ ।

सरकारका एक उच्चस्तरीय मन्त्रीमण्डलका सदस्यका अनुसार सरकार र विप्लव नेकपा दुवैले वार्ता टोली आजैं नै घोषणा गर्ने भएका छन् ।

सम्भवतः बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका विप्लव नेकपा नेता धर्मेन्द्र बाँस्तोला पनि आजैं नै सर्वोच्च अदालतको आदेशमा छुट्नेछन् ।

टोलीमा बाँस्तोला रहने प्रवल सम्भावना रहेको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार