वार्ताको प्रकिया अगाडि बढिरहेको बेला विप्लव नेतृत्वको नेकपा नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट पक्राउ गरेको छ।

बन्दीप्रत्यक्षीकरणको आदेशमा छाड्ने आदेश दिए पनि उनलाई बाहिर निस्कने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिन खोज्दा केहीबेर घम्साघम्सीसमेत भएको छ।

बास्तोलालाई रिहा गर्न माग गर्दै अनिमा वास्तोला भण्डारीले माघ २८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै तत्काल छाड्न केही बेरअघि मात्रै आदेश दिएको थियो।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बास्तोलालाई थुनामा राखिरहनु् न्यायिक हिसाबमा उपयुक्त नभएको आदेश दिएको छ।

आदेशमा बास्तोलाई गरिएको पक्राउ र अदालतबाट म्याद थप्दा कारण नखुलाएकाले तत्काल छाड्न भनिएको थियो।

आदेशमा उल्लेख गरिएको छ, ‘यी निवेदकलाई थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानून कार्यविधि पालना नगरी म्याद पप भाग गर्दा र विंदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केबल फरक विचार र आस्था राखेको कारण पक्राउ गरेको देखिँदा निजलाई थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट उचित नदेखिएकोले यी निवेदक धर्मेन्द्र वास्तोलालाई आजै गैरकानूनी बुनावाट मुक्त गरिदिनु भनी नेपालको संविधानको धारा १३३(२) र (३) तथा सो अदालत नियमावली, २०७४ को नियम ३७ बमोजिम वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार