प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका छन् । झापामा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रम ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन  प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थपनाको स्वागत गर्दै आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाए । उनले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताए ।

साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताए । विप्लव नेतृत्वको नेकपाको समस्या वार्ताद्वारा समाधान गरिने उन दृढता व्यक्त गरे ।

नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रम ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार