जनयुद्ध दिवसको अवसरमा बलिदान दिवस र सहिद सप्ताहको अवसरमा रोल्पा घोडागाऊँ कोटमा जनयुद्धका सहिद परिवारहरुलाई सम्मान गरिएको छ ।

विप्लव नेतृत्वको नेकपाकी नेतृ सन्तोषी विक र सुदर्शन मंगोलले घोडाकोट निवासी सहिद विष्णु केसी (क प्रकाश), सहिद जनार्दन केसी र घोडागाऊँ तुषारापानी निवासी वीरेन्द्र केसीका परिवार सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रमपछि सहिद परिवारका सदस्यहरुले जनयुद्धका सपना अलपत्र पारेकोमा आक्रोश पोखेका थिए ।

सहिद विष्णु केसी (क प्रकाश)का आमा गोमती खत्रीले आफ्नो छोरा जनयुद्धमा सहिद भएर सधै बाँचिरहेको बताए ।

सहिद जनार्दन खत्रीकी जीवन संगिनी हिमा खत्रीले जनयुद्धका सहिद परिवारहरुलाई नेताहरुले बिर्सेकोमा आक्रोश व्यक्त गरिन् ।

सहिद वीरेन्द्र केसीका बुबा लाल बहादुर खत्रीले आफुले सहिद छोराको स्मृतिमा शालिक बनाउन थालिएको जानकारी दिए ।

सहिद परिवार सदस्यहरुलाई सम्मान पछि विप्लव नेकपा नेतृ सन्तोषी विकले जनयुद्धका सपना आफ्नो पार्टीले मात्र पूरा गर्ने बताए ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार