रोल्पामा जनयुद्धका सहिद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम जारी छ ।

सो सम्मान कार्यक्रम अन्तर्गत रोल्पा घोडागाऊँमा जनयुद्धका सहिद परिवारहरुलाई विप्लव नेतृत्वको नेकपाले सम्मान गरेको हो ।

 

रोल्पा घोडाकोटका सहिद धर्मेन्द्र शाह (कमरेड शिधिर),  घोडागाऊँ निवासी सहिद हरि खत्री (कमरेड आस्था) र घोडागाऊकै सहिद विश्व कुँवरका आफन्तलाई विप्लव नेतृत्वको नेकपाले सम्मान पत्रसहित खाँदा ओढाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रमपछि जनयुद्धका सहिद परिवारहरुले जनयुद्धका सहिदहरुको सपनामाथि कुठाराघात गरेको भन्दै आक्रोश पोखे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार