गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले  विप्लव नेकपासँगको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको दावी गरेका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पहिलो चरणको वार्ता ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक’ पुगेको बादलले बताएका हुन् ।

वार्तापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्–‘केही विषयमा छलफल जारी छ, छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’ सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्तामा सहभागी थिए ।

विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ वार्तामा सहभागी थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार