जनयुद्धमा सहिद भएका रोल्पा खुंग्री हिलेका रमेश गिरिका बहिनी झुमा गिरिले आफ्नो दाजु जनयुद्धमा सहिद भएकै कारण बुबा चिन्तै चिन्ताले बितेका बताएकी छिन् ।

जनयुद्ध दिवसको अवसरमा बलिदान दिवस र सहिद सप्ताहको अवसरमा रोल्पा खुंग्री हरिगाउँमा भएको जनयुद्धका सहिद परिवार सदस्यहरुलाई सम्मान कार्यक्रमपछि बहिनी गिरिले यस्तो बताएकी हुन् ।

दाजु सहिद भएपछि कयौं वर्ष आमाले निराशंैं निराशाको बीचबाट जीवत बिताएको बताउँदैं बहिनी झुमा गिरिले अहिले आएर आमाले विस्तारैं ती दिनहरु बिर्सन थालेको बताइन् ।

सहिद परिवार सम्मान कार्यक्रम रोल्पा खुंग्री महेन्द्रीका सहिद शान्तराज घर्तीका आमा रोमा घर्तीले छोरा सहिद हुँदा ठूलो पीडा भोग्नु परेको बताएकी थिएन ।

विप्लव नेकपा नेतृ सन्तोषी बिक र सुदर्शन मंगोलले जनयुद्धमा बलिदान गर्ने सहिदहरुको सपना आफ्नो पार्टीले कुनैंपनि हालतमा पूरा गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार