विप्लव नेतृत्वको नेकपा र केपी ओली नेतृत्वको सरकारबीच तीन बुँदे महत्वपूर्ण सहमति भएको छ ।

सहमतिअनुसार ओली सरकारले दुई वर्षदेखि लगाउँदै आएको प्रतिवन्ध फिर्ता हुने, विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ ।

त्यसैगरी सरकारले अहिलेसम्म गर्दै आएको धरपकड रोक्ने र प्रहरी हिरासत र जेलमा रहेका नेता कार्यकर्ता रिहा गर्न सरकार सहमत भएको छ ।

बिहीबार सरकारी पक्ष र विप्लव नेकपाबीच भएको वार्तापछि यस्तो सहमति भएको हो ।

सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा र विप्लव नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार