
सरकार र विप्लवनेकपाबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई आजबाट छाड्ने भएको छ ।
गृहको परिपत्र अनुसार उनीहरुलाई छाड्न लागिएको हो ।मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिईसकेको छ ।
परिपत्र अनुसार आज विप्लव नेकपाका उपल्ला नेताहरुमध्ये धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।
यस्तै, अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न समेतत परिपत्रमा निर्देशन भइसकेको छ ।







