
विप्लव नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले आफ्नो कुनैं युद्ध र विद्रोह नभएर एकीकृत जनक्रान्ति गर्न थालेको बताएका छन् ।
माउन्टेन टिभीसँगको अन्तर्वार्तामा नेकपा प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले अघि सारेको नयाँ कार्यदिशाको बाटो सबैं उत्पीडित समुदायलाई समेटेर गरिने क्रान्ति भएको
बताए ।
नेपालमा आफ्नो पार्टीले अगाडि सारेको क्रान्तिको बाटो स्पष्ट रुपले एकीकृत जनक्रान्ति र यसको गन्तव्य वैज्ञानिक समाजवाद भएको उनको भनाई छ ।







