
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आजको दिनलाई ऐतिहासिक दिन भएको बताएका छन् ।
दुई वर्ष भित्रको अध्यारो सुरुङ्गको बीचबाट सरकार र नेकपाबीच चलेको वार्ता नेपालको मुहार फेर्ने कदम भएको महासचिव विप्लवको भनाई छ ।
नेपालको समाजलाई आमुल परिवर्तनको बाटोमा लैजान आफ्नो पार्टी र सरकार बीच चलेको वार्ताले ठोस दिशा दिने विप्लवको भनाई छ ।
दलाल पुँजीवादलाई फाल्न अब नेपालमा नेपाली जनतालाई जनमतको बाटो दिनुपर्ने विप्लवको जोड छ ।








