नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको राजनीतिमा हुने विदेशी हस्तक्षेप भए त्यसको प्रतिवाद गर्ने उद्घोष गरेका  छन् ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सहमतिमा हस्ताक्षर पछि सभालाई सम्बोधन गर्दै विप्लवले सो कुरा बताएका हुन् ।

‘कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन गाडिन तयार छ । तर झुक्दैनौ’, विप्लवको भनाई छ ।

उनले जनतालाई फैसला गर्न वातावरण बनाउन जरुरी छ रहेको भन्दै जनताले सधैंभरी जनता दलाल पुँजीवादको चक्रमा सधै घुम्नुपर्ने नियतिको अन्त्य हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार