
नेकपा महासचिव नेत्रविक्रम विक्रम चन्द विप्लवले आफ्नो सहयोद्धा नेता हेमन्त प्रकाश ओली सुदर्शनलाई जेल पुगेर भेट गरेका छन् ।
नख्खु जेलमा रहेका नेता सुदर्शनलाई भेट्न महासचिव विप्लवसहित वार्ता टोली पुगेको थियो ।
प्रतिबन्ध फिर्तापछि हिजो मात्र सार्वजनिक भएका महासचिव विप्लव आज आफ्नै सहकर्मी भेट्न नख्खु जेल पुगेका हुन् ।
स्रोतका अनुसार नेता सुदर्शन भोलि छुट्ने भएका छन् ।







