
चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको बैठक काठमाडौंमा बसेको छ ।
विप्लव नेतृत्वको नेकपा प्रतिबन्धपछि सार्वजनिक भएपछि विप्लव सहभागी रहेको यो बैठकले विप्लव नेतृत्वको नेकपा र सरकार बीच भएको पछिल्लो सहमतिबारे छलफल गरेको छ ।
बैठकमा नेपाल सरकार र नेकपाबीच भएको वार्ताको प्रक्रिया र विषयवस्तुका बारेमा विप्लवले व्रिफिङ गर्नुभएको थियो । बैठकले मोर्चाको अर्को बैठकबाट मोर्चाका आगामी कार्यक्रमहरुलाई कसरी लैजाने भन्ने विषयमा विस्तृतमा छलफल गर्ने र कार्यक्रम सार्वजनिक गर्ने समझदारी गरेको क्रान्तिकारी माओवादीका महासचिव किरणले जानकारी दिनुभयो ।
बैठकले चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको आगामी कार्यक्रमबारे अर्को बैठकबाट ठोस गर्नेछ ।








