
हर्ष उल्लास मनाउने दिन हैन। क्रान्तिका कार्यभार पुरागर्न संसदीय गोलचक्करबाट कसरी मुक्त्त हुने ? सोच्ने बिषय यो हो ।
वार्ता क्रान्ति होइन। क्रान्तिले वार्ताको अस्त्र प्रयोग गरेको छ । जुन नेपालमा आजसम्मको इतिहासमा सफल भएको छैन। यसको सफलताको शुत्र के हुन्छ ? त्यसमा क्रान्तिकारी युवाहरुको भुमिका र दायित्व के हुन्छ ? सोच्ने यो हो ।
एकीकृत क्रान्ति क्रान्तिको सफलताका लागि यो मोर्चा जित्नै पर्छ। यो जिम्मेवारी पुरा गर्ने दायित्व हाम्रो हो। तर लालदास भएर सोच्ने हो भने यसको असफलता आफै भित्रबाट शुरु हुन्छ।
एकीकृत क्रान्ति बिजयमा पुर्याउन तीन वटा मोर्चामा लड्न जरुरी छ।
१) आन्तरिक दुश्मन-सबै भन्दा ठूलो र पहिलो आफै विरुद्धको लडाइ हो। म मेरै विरुद्ध लड्न सकिन भने मेरो मृत्यु अनिवार्य छ । हरेक पदार्थको बन्नु वा सकिनु त्यसको आन्तरिक कारण प्रमुख हुन्छ। पार्टीको नाममा पार्टी क्रान्तिमाथि बिष छरेर बसेका छ्न् यसको विरुद्ध लडौ
२) राष्ट्रिय दुश्मन -क्रान्तिको लड्ने प्रमुख मोर्चा प्रतिक्रियावादी दलाल पुजीवादी राज्यव्यवस्था हो। संसदीय राज्य व्यवस्थाको चिहान माथी वैज्ञानिक समाजवादको बिरुवा रोप्ने हो।
३) बाह्य अर्थात अन्तर्राष्ट्रिय दुश्मन-क्रान्तिको तेस्रो लड्ने मोर्चा अन्तर्राष्ट्रिय मोर्चा हो। सुचना प्रविधीमा भएको विकास र आजको भूमण्डलीकृत विश्वमा यो मोर्चा अत्यन्तै महत्त्वपूर्ण हुन्छ।
यदि तीन ओटा मोर्चामा लडाइँ जितियो भने एकीकृत क्रान्तिलाई विजयको शिखरमा पुर्याउन सम्भव छ र सकिन्छ।
क्रान्ति अपरिहार्य छ !
क्रान्ति सम्भव छ !
क्रान्ति जित्न सकिछ !







