रोल्पा थबाङका पूराना कम्युनिस्ट नेता पूर्णबहादुर रोका (गोरे दाई)ले एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुन युवाहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अभिमत राख्दै गोरे दाईले यस्तो आग्रह गरेका हुन् ।

बाँकी गोरे दाईको फेसबुक स्टाटस –

आमुल परिबर्तन चाहने सम्पुर्ण युवाहरु एकीकृत जनक्रान्तिमा समाहित हुनुहोस देश गम्भिर मोडमा उभिएको छ। सामाजिक फासिबादी संसदिय ब्याबस्थामा भारतको इसारामा नेपाली जनतालाई फनफनी घुमाउन चाहन्छन यिनिहरु। अब नेपाली जनतालाई निकास दिने एक मात्र बैज्ञानिक समाजबाद हो जो नेपाली जनता हेर्न चाहन्छन। सरकार पक्ष र संसद पुनरबहाली पक्षको आन्दोलन हरुमा भेडा भनी नमाग्नुहोस। अबको बिशाल एबम समृद्ध नेपाल निर्माण गर्ने जिम्मेवारी तपाईहरुको काडमा आइपुगेको छ। अहिलेको संसदबादीहरुको लडाइ कुर्सी लडाइ मात्र हो। अबको देश चलाउन नेतृत्व सक्षम, जनप्रेमी र देश भक्ती हुनु पर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार