विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका संसदवादी दलहरू पूर्ण रूपले असफल भएको भन्दै अब देशको नेतृत्व आफुहरुले गर्ने दाबी गरेका छन् ।

दलाल संसदीय व्यवस्थाका कारण नेपाल र नेपाली जनताको भविष्य ठूलो संकटमा फसेको भन्दै नेता बास्तोलाले वैज्ञानिक समाजवादका लागि संघर्ष गर्न सबैमा अपिल गरेका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ७ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता बास्तोलाले नेपाली जनताको मुक्तिका लागि आफुहरु बलिदान गर्न तयार रहेको बताए ।

सम्मेलनलाई महासचिव विप्लवले केही समयमा संबोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार