
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आफुहरु क्रान्ति र न्यायका लागि मर्न तयार भएको बताएका छन् ।
दुुई वर्षको प्रतिवन्ध झेलेर पहिलोपटकको सार्वजनिक समारोहलाई संवोधन गर्दै महासचिव विप्लवले न्याय र जनताका अगाडि प्रतिवन्धले हार खाएको बताए ।
आफ्नो पार्टी निकट अखिल महिला संघ क्रान्तिकारीको ७ सातौं राष्टिय सम्मेलनको उदघाटन समारोहलाई कपिलवस्तुमा संवोधन गर्दै महासचिव विप्लवले आफुहरुलाई न्यायका लागि मर्न अहिले पनि रक्तिभर डर नभएको बताए ।
न्याय, सत्य र क्रान्तिको बाटो छोडेका प्रचण्डहरुको हालत असाध्यैं दयालाग्दो भएको भन्दैं विप्लवले संसारमा सबैभन्दा शक्तिशाली हतियार सत्य र न्याय भएको दाबी गरे ।
आफुहरुले प्रचण्डको साथ छोड्दा प्रचण्डको हालत घर न घाटको भएको विप्लवको दाबी छ ।
जनता, क्रान्ति र सहिदको सपना भुल्दा प्रचण्ड माधवको साथमा टिक्न पुगेको भन्दैं विप्लवले अब प्रचण्डको युग समाप्त भएको थप दाबी गरे ।







