सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी ब्युँतिने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाममा लगाइएका बोर्ड हटाउन थालिएको छ ।

नेकपाको केन्द्रीय कार्यालयको रुपमा रहेको धुम्बाराहीमा मंगलबार नेकपा एमालेको बोर्ड राखिएको छ ।

सर्वोच्चको उक्त  फैसलासँगै नेकपा एमालेको बोर्ड राखिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

एमाले र माओवादी एकीकरण हुनुअघि धुम्बाराही एमालेको मुख्यालय थियो । सोमबारबाटै विभिन्न जिल्लाहरुमा नेकपाका बोर्ड हटेका छन् ।

यता प्रचण्ड समुहहरुले भने माओवादी केन्द्रको व्यानर राख्ने कि नराख्ने भन्नेमा अन्योल रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार