यातायात, वैदेशिक रोजगारी लगायत सम्वन्धीत सरकारी कार्यालयहरुको सेवाप्रवाह लापर्वाहीको हद पार भएको अवस्थामा छ भन्दा फरक नपर्ला । त्यसो त कर्मचारीको गतिविधि र सेवाग्राहीको समस्या नियाल्न भन्दै श्रम मन्त्री गौरिीशंकल चौधरी बैदेशिक रोजगारीसंग सम्वन्धीत ताहचलस्थीत बैदेशिक रोजगार कार्यालयको छड्के अनुगमन गर्न पुगे ।

यो बैदेशिक रोजगार कार्यालय काठमाडौँको ताहचलस्थीत परिसर हो । यहाँ सेवाग्राहीको लामो लाइन छ । यही लाइनको बीचमा एक जना मानिस छन् । सेतो क्याप लगाएका, मिर्नङ वाकको फर्ममा ट्रयाक सुट लगाएका मुखमा मास्क लगाएका । झट्ट हेर्दा सेवाग्राही । तर उनी सेवा लिनका लागि लाइनमा बसेका होइनन् । न सर्वसाधरण नै हुन् । उनी त बहालवाल मन्त्री हुन् । त्यो पनि यही बैदेशिक रोजगार कार्यालयको तालुकदार मन्त्रालय । श्रम, रोजगा तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी यसरी सर्वसाधरणको भेषमा यसरी गोप्यरुपमा कार्यालयमा केही घण्टा विताए । न अगाडी पछाडीका अरु सेवाग्राहीले थाहा पाए न कर्मचारीले नै ।

यसबीचमा मन्त्रीले सेवाग्राहीको थुप्रै समस्याहरु बुझ्ने कोसिस गरे । सेवाग्राहीको दर्जनभन्दा बढि समस्या सुनिसकेपछि मन्त्री चौधरी कार्यालयका हाकिमहरुको कोठामा प्रवेश गरे । त्यहीबेला सेवाग्राहीसंग मुख लागिरहेका निर्देशक छत्रबहादुर शाह अचानक कोठामा मन्त्री देखेपछि अक्क न बक्क बने ।

त्यसपछि कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरे । नेमप्लेटमा भित्र लेखिएपनि कार्यालय प्रमुख कार्यकक्षमा थिएनन् । निर्देशकको भनाई अनुसार उनी कोरोनाको खोप लगाउन गएका थिए । सर्वसाधरणको लाइनमा करिव एक घण्टा बसेर आएका मन्त्री चौधरीले कर्मचारीले घरी ओल्लो कोठा घरी पल्लो कोठा जाउ भन्ने तर कतै पनि काम नहुने स्थीति देखिएको भन्दै सर्वासाधरणलाई अनावश्यक दुख दिएको बताए ।

सेवाग्राहीसंग रुखो बोल्ने र सामान्य समस्यामा पनि सेवाग्राहीलाई लामो समयसम्म झुलाउने कार्य बन्द गर्न मन्त्री चौधरीले कर्मचारीहरुलाई निर्देशन दिए ।

वैदेशिक रोजगारका लागि अनिवार्य श्रम अनुमति लिनका लागि श्रम कार्यालय ताहाचल पुग्ने सेवाग्राहीले कुनै न कुनै झन्झट व्यहोर्नै पर्छ । बिहान दुई/तीन बजे देखि लाइन बस्न आइपुग्छन्, सेवाग्राही । सवै कागजात पुग्दा पनि विभिन्न बहाना बनाएर झुलाउने प्रवृत्ति यस कार्यालयमा देखिएको भन्दै दुखेसो गरिरहेका थिए ।

यता कार्यालयका निर्देशक छत्रबहादुर शाह भने सेवाग्राहीहरुलाई कार्यालयको क्षमता अनुसार सुविधा दिएको दावी गर्छन् । विभागी मन्त्रीले नै सेवाग्राहीको भेषमा छड्के जाँच गरेपछि ढिलासुस्ती गर्ने कर्मचारी केही सचेत पक्कै भए होलान् । मन्त्री चौधरीको यो कदम अन्य कार्यलय र विभागहरुमा पनि हुन जरुरी छ  । कमजोरी गर्ने कर्मचारीलाई तत्काल कारवाही गर्ने आँट पनि मन्त्रालयले गरे सेवाग्राहीले स्यावासी दिने थिए कि।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार