नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बुधबार पेरिसडाँडामा बस्यो ।

बैठक चलिरहँदा सहरी विकासमन्त्री प्रभु साहले नेता नारायणकाजी श्रेष्ठलाई फोन गरे । संवादका क्रममा नारायणकाजीले उनलाई पार्टीले खोजिरहेको बताए । साहले ‘कुन पार्टीले ?’ भन्दै प्रश्न गरे । नेता श्रेष्ठले ‘माओवादी केन्द्रले पर्खिरहेको’ भन्दै पार्टीमा आउन साहलाई आग्रह गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा साह केही समय प्रचण्ड–नेपाल समूहमा नै थिए । तर, नेता माधवकुमार नेपालका कारण उनी ओली समूहमा लागेको बताइन्छ ।

सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै पूर्वएमाले र पूर्वमाओवादी साविककै अवस्थामा फर्किएका छन् । पूर्वमाओवादीबाट ओली समूहमा गएका नेताहरुले पुनः माओवादी केन्द्रमा नफर्कने बताउँदै आएका छन् । उनीहरुलाई पार्टीमा फर्काउन नेताहरुले प्रयास पनि थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार