
शास्त्रमा शिवले गाँजा सेवन गरेको उल्लेख गर्दैमा अहिलेका हामीले पनि त्यही अनुकरण गर्न आवस्यक छैन ।
विकृती विकृती नै हुन्छ चाहे त्यो धर्मको नाममा नै किन नभएको होस् । नाङ्गिएर या नाङ्गोपनमा सरिक भएर , लागू पदार्थ सेवन गरेर संसारमा हुने कुनै पनि त्यस्तो धर्म छैन । बरु यस्ता कार्यहरूले आफ्नो स्वास्थ र नैतिकता माथि गम्भीर असर गरिरहेको हुन्छ । यी र यस्ता हर्कतहरू परम्परा र आस्थाको नाममा विकृति र विसंगतिलाइ प्रसय हो ।
वास्तवमा धर्म के हो भन्ने विषयमै हामी अझै भ्रमित छौं । ‘गलत परम्परा र गलत संस्कृतिको अन्धभक्त भएर अनुसरण गर्नु धर्मको अनुयायी बन्नु हो भन्ठान्छौँ ।’ अझ धर्मको नाम लिएर हामी आफ्नो गलत रहर पूरा गर्छौँ ।
त्यसो त-‘धर्म नै ज्ञान हो र ज्ञान नै धर्म हो’ भनेर धर्मलाइ परिभाषित गर्ने दार्शनिक सुकरातलाइ धर्मवादिहरूले देउताहरूको पुजा नगर्ने उ नास्तिक हो भने । उसले नवयुवाहरूलाइ आफ्ना बराल्ने कुराले पथभ्रष्ट पार्छ भनेर आरोपित गरे ।
अर्का दार्शनिक साम्यवादी एवं क्रान्तिकारी ब्याक्ति कार्ल मार्क्सले-‘धर्म मानिसको निम्ति अफिम हो’ भनेर धर्मको विश्लेषण गरे र कहिँ न कहिँ यो भनाइले आजको समाज पनि समेटेको छ, कहि न कहि धर्मले मानिसहरूमा अफिमकै काम गरिरहेको छ ।
धर्मका रोगीहरूलाइ धर्मकै अफिम खुवाएर केही क्षण त रोगमुक्त पार्न सकिएला तर यसको सेवन दीर्घकालीन रुपमा अत्यन्तै घातक छ ।
आज पनि धर्म नामको अफिमले मान्छेको दिल र दिमागलाई लठ्याएर अचेतन भ्रम बाँडिरहेको छ । हामी अचेतन भएर भ्रम ग्रहण गरिरहेका छौँ ।







