
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आफ्नो यो विद्यमान संविधान र व्यवस्थालाई मानेर वार्तामा नआएको कुरा स्पष्ट पारेका छन् ।
रातोखबर साप्ताहिकको अनलाइन टिभीसँग कुरा गर्दै महासचिव विप्लवले ओली सरकारमा सहभागिताबारे आफ्नो पार्टीले सोच्दै नसोचेको कुरा समेत बताएका छन् ।
कुराकानीको क्रममा महासचिव विप्लवले नेपाल सरकारसँग वार्तामा आफ्नौं कयौं एजेण्डाहरु राख्न बाँकी रहेको कुरा बताउँदैं अहिले नैं आफ्नो पार्टीबारे गलत धारणा नबनाउन सबैमा अनुरोध गरेका छन् ।
यही व्यवस्था कि अर्को के भन्ने बहस चलिरहेको बेला नेकपा महासचिव विप्लवले यो दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेबारे जनमत संग्रह हुनु पर्ने बताए ।
एकीकृत जनक्रान्ति रोकिएको हो कि के हो भन्ने सोधिएको प्रश्नबारे महासचिव विप्लवले आफ्नो पार्टीले त्यसलाई नयाँ शिराबाट विकास गर्न खोजेको बताए ।







