
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पूराना साथीहरु छुटेको बताएका छन् ।
नमुना स्वास्थ्यकर्मी संघ नेपालले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प गरेको बताए ।
प्रचण्डले आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको पनि बताए । आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यसलाई परास्त गर्न लडाईं लड्ने बताएका हुन् ।
‘फेरि २/४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन्’ उनले भने ।
उनले अघि भने, ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।’







