नेपाल राष्ट्र बैंकको स्थापना २०१३ सालमा भएको हो। नेपाल सरकारको प्रमुख बैंकमा रहेको यस बैंकमा पहिलो गभर्नरका रुपमा हिमालय शमशेर राणाले कार्य गरेका थिए भने हालसम्म कयौं व्यक्तिले गभर्नरका हैसियतले कार्य सम्पन्न गरेका छन। ती सबै गभर्नर पुरुष नै भएका छन। हालसम्म १ जना महिला पनि नेपालमा गभर्नर भएका छैनन्। अझ हालसम्म डेपुटी गभर्नर समेत महिला नहुनु अचम्मकै स्थिति रहेको थियो।

यसैक्रममा नेपाल सरकारद्वारा हालै नेपाल राष्ट्र बैंककी पहिलो डेपुटी गभर्नरमा नियुक्त नीलम ढुंगाना तिम्सिना नेपाल राष्ट्र बैंककि विशिष्ट श्रेणीकी कर्मचारी हुन। उनि नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक पदमा कार्यरत रहेकि थिईन।

२०२५ साल मंसिर १४ गते झापाको दमकमा जन्मिएकि निलमका बुवा जिल्ला शिक्षा कार्यालयमा तथा आमा शिक्षिकाका रुपमा कार्यरत थिए। उनले आईकमतथा एमबिएमा संकायमै सर्वोत्कृष्ट अंक हासिल गरेकि थिईन।

उनले त्रिभुवन विश्वविद्यालयमा महिला तर्फबाट उत्कृष्ट अंक ल्याई स्वर्ण पदक पनि पाएकी थिईन। अध्ययन समाप्तिपछि उनले क्याम्पसमा एकाउण्ट र अर्थशास्त्र विषयको अध्यापन गरेकि थिईन। ।

उनले २०५४ साल मंसिर २२ गते नेपाल राष्ट्र बैंकमा प्रवेश गरेकि थिईन। सर्वप्रथम उनले विदेशी विनिमय विभागमा सहायक निर्देशकका रूपमा नियुक्ति पाइन्। उनले राष्ट्र बैंकको विभिन्न बिभागमा कार्य गरिसकेकि छिन। निलमले अष्ट्रेलियाबाट अर्थशास्त्रमा स्नातकोत्तरको शिक्षा पनि हासिल गरेकी छिन् । उनले भारतको राजस्थानमा मोनिटेरी पोलिसी र बैंक ल्याण्डिंग विषयमा विद्यावारिधि गरेकि छिन।

नेपालकै ईतिहासमा पहिलो पटक नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा नियुक्त निलमको क्रियाशीलतातथा कार्य कौशलता नेपाल राष्ट्र बैंकका साथै नेपालको मौद्रिक अर्थतन्त्र सही बाटोमा अगाडि लैजान सहयोगी हुने अपेक्षा गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार