नेकपा माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा समपन्न स्थायी कमिटीको बैठकले मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

२४ घन्टाभित्र दल त्याग गरेको या नगरेकोबारे स्पष्ट पार्न भनिएको छ । त्यसको जवाफ अनुसार कारबाहीमा जाने निर्णय भएको छ ।

दल त्याग गरेको भए सांसद भएकाहरुको पद स्वतः जानेछ । माओवादी केन्द्रबाट बादलका अलावा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी सांसद छन् । मन्त्री भएका उनीहरुले दल त्याग गरेको आधिकारिक जवाफपछि माओवादी केन्द्रले स्वतः सांसद पद खारेज गर्न पत्र लेख्न सक्छ । उनीहरुको सांसद पद नै खारेज हुने कानुनी व्यवस्था छ ।

यसैगरी स्थायी कमिटी सदस्य मणि थापालगायत अन्य केन्द्रीय सदस्यहरुमाथि पनि कारबाही हुन सक्छ । शुक्रबार नेकपा एमालेको ओली समूहको बैठकले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।

बादलले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका थिए । लेखराज भट्टले सुदूरपश्चिम र मणि थापाले कर्णाली प्रदेशको इञ्चार्जको जिम्मेवारी पाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार