खानेपानी मन्त्री मणिचन्द्र थापाले आफूहरु नेकपा माओवादी केन्द्रमा नफर्कने बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा सामेल गरेपछि ओलीकै नेकपा एमालेका स्थायी समिति सदस्य समेतबनेका मन्त्री थापाले आफुहरु माओवादी केन्द्रमा नफर्किने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कसँग आइतबार बिहान बोल्दै मन्त्री थापाले माओवादी केन्द्रले देशलाई लामो समयदेखि अस्थिरतामा राखेको आरोपसमेत लगाए ।

उनले देशलाई शान्ति चाहिएको भन्दै अस्थिर राजनीतिको अन्त्य गर्दै स्थित राजनीतिका लागि पनि आफूहरु एमालेभित्रै रहेर संघर्ष गर्ने उनले बताएका हुन् ।

उनले भने, ‘देशलाई विकास चाहिएको छ । सधै अस्थिरता राम्रो हुन्न । राजनीतिक विचार मिल्यो । हामी फर्किन्नौं । केपी ओली नै स्थिर राजनीतिको नेतृत्व गर्न सक्ने नेता हो ।’

उनले भने, ‘देशलाई लामो समय अस्थिरतामा राख्ने पार्टीमा अब फर्किन्नौं । माओवादीमा हरेक २–३ वर्षमा जाँदै आएकाले अस्थिर पार्टीमा अब फर्किन्नौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार