प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार राति भेटेका छन् । करिब डेढ घण्टा दुवैबीच छलफल चलेको हो ।

बेलुकी ७ बजेतिर पुगेका ओली राति ८ः३० बजेतिर निस्केका थिए । बालुवाटारले यो भेटलाई नियमित भनेको छ ।

तर अहिलेसम्म हुँदै आएका नियमित भेटबारे खुलेर केही पनि बताउने गरेको छैन ।

ओलीले यसअघि पटक पटक राष्ट्रपतिलाई भेटेर संसद विघटन गरेका थिए । संसद पुनःस्थापना भएपछि फेरि उनी राष्ट्रपतिलाई पटक पटक भेट्न पुगेका थिए ।

नेकपा एमालेका माधवकुमार नेपाल पक्षका एक नेता भन्छन्, ‘जब ओलीजी शीतलनिवास छिर्नुहुन्छ अनिष्ट हुँदैछ भनेर बुझ्छु ।’

उनले राम्रो नियतका साथ ओली शीतलनिवास कहिले पनि नछिरेको आरोप लगाउँछन् ।

नेकपालाई सर्वोच्च अदालतले टुक्राएर एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामै राखिदिएपछि ओलीले एमालेलाई संगठित बनाउनुको सट्टा नेपाल पक्षका नेताहरुको जिम्मेवारीसमेत खोसेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार