नेपाल सरकार र विप्लव नेकपाबीच हालैं शान्तिवार्ताका लागि तीन बुँदे सहमतिसँगैं नेकपाका शान्तिपूर्ण भेला सम्मेलनहरु संचालनमा आउन थालेका छन् ।

साथैं सहमतिअनुसार नेपाल सरकारले दुईवर्षअघि लगाएको प्रतिवन्ध फिर्ता गर्नुका साथैं नेकपाका सम्पूर्ण नेता कार्यकर्ताहरु रिहा गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।

तर यहीबीचमा ओली सरकारको तर्फबाट प्रहरीले चैत्र २ गते सोमबार नेकपा नेतृ उमा भुजेलको नाममा पक्राउ पुर्जी टाँसेको छ ।

नेतृ भुजेलको घर गोरखास्थित भच्चेक काफलडाँडामा प्रहरीले सो पुर्जी टाँसेको हो ।

प्रहरीको यस्तो कदमपछि नेपाल सरकार र विप्लव नेकपाबीच भएको ३ बुँदे सहमतिको उल्लघंन भएको विश्लेषकहरुले बताउन थालेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार