उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले अमेरिकलाई धम्की दिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कोरिया नीति सार्वजनिक गर्न उनले माग गरेकी छन् ।

उनकी बहिनी किम यो जोङले अमेरिकाले आफ्नो भूमिमा बारुदको गन्ध फैलाउन खोजेको आरोप लगाउँदै यो अस्थिरताको कारक बन्न सक्ने चेतावनी दिएकी छन् ।

अमेरिकाले दक्षिण कोरियासँग संयुक्त अभ्यास गरेर उत्तर कोरियमाथि हमलाको प्रयास गरेको दाबी गरेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार