
अमेरिकाको एटलान्टा राज्यमा मंगलबार राति तीनवटा स्पा सेन्टरमा श्रृंखलावद्ध आक्रमण भएको छ।
मसाज पार्लर र स्पा सेन्टरमा आक्रमण हुँदा ६ एसियाली महिलासति आठ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार चार जनाको मसाज पार्लर र चार जनाको स्पा सेन्टरमा मृत्यु भएको हो।
तीनवटै स्थानमा भएको आक्रमणको आशंकामा प्रहरीले एक २१ वर्षका युवालाई पक्राउ गरेको छ। यो घटनाको उद्देश्य के थियो भनेर हालसम्म थाहा पाउन सकिएको छैन।
तर एसियाली–अमेरिकीहरुमाथि पछिल्लो समय अमेरिकामा आक्रमणको घटना बढ्दै गएको छ। कोरोना प्रकोप चीनबाट फैलिएको थियो।
त्यसकारण चिनियाँ जस्ता देखिने मानिसहरुमाथि यहाँ आक्रमणको घटना बढेको हो। यस्तै जातिबादी सोचकै कारण यो घटना भएको हुनसक्ने आशंका गरिएको छ।
गतहप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा जातिवादी दृष्टिकोण राखेर कसैमाथि आक्रमण भए उनीहरुलाई कडा कारवाही गरिने चेतावनी दिएका थिए।







