
मदिरामा कति छ लगानी?
टाइगर ब्रुअरीको ७० प्रतिशत हिस्सा मैले लिएर यसमा अहिले साँढे ४ सय करोड लगानी गरिसकेको छु। अहिले यो ब्रुअरीले वार्षिक रुपमा नै ७/८ अर्ब रुपैयाँ कर बुझाउँछ। यसमा जम्मा अहिले ६ सय करोड लगानी भइसकेको छ।
मार्सी बियरपछि अरु उत्पादन के–के थप्दै हुनुहुन्छ?
मलाई मेडिकल माफियाको पनि ठूलो आरोप लगाए। अघि नै भनेँ नि ‘नेगेटिभ’बाट ‘पोजिटिभ’मा आउने हो। त्यो आरोपपछि अब म माफिया ह्विस्की निकाल्दै छु। मलाई ‘डन’ पनि भन्छन्। म ‘डन’ इनर्जी ड्रिंक्स पनि ल्याउँदै छु। यो लगानी भइसकेर त्यसको फ्याक्ट्री बन्दै छ। अब माफिया भन्नेलाई माफिया ह्विस्की खुवाउने हो। मार्सी भन्नेले पनि लुकेर मार्सी बियर खान्छन्। यो सबै भैरहवाबाट उत्पादन हुनेछ।
पछिल्लो समय राजनीति एकाएक तरल भयो, तपाईं त प्रचण्ड र केपी शर्मा ओलीलाई फेरि पनि मिलाउँछु भन्दै हुनुहुन्छ रे?
हो त, जुन बेला मैले आफ्नो घरमा ल्याएर उहाँहरुलाई वार्ता गराएको थिएँ। उहाँहरु त्यसपछि मिल्नुभएको थियो। देशले स्थायित्व पनि पाएको थियो। त्यसबेलादेखि नै त हो नि मैले मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि मलाई मार्सी मार्सी भनेर हल्ला गर्न थालिएको।
पछिल्लो अवस्थामा पनि उहाँहरु दुवै जना जसरी पनि मिल्नुपर्छ भन्ने मेरो चाहना हो। त्यसको लागि पहल थालिसकेको छु। पुनः यस्तै मार्सी चामलको भात खाएको फोटो आउने गरी छलफलको तयारीमा लागिसकेको छु। केही दिनअघि मैले प्रधानमन्त्री र सुवास नेम्वाङसँग पनि यही विषयमा छलफल गरेको छु। वास्तवमा प्रचण्ड बिग्रिएको केही नेताहरूको संगतले हो।
एउटा राम्रो मान्छेलाई घेराबन्दीमा हालेर लगे। अहिले सक्याए। प्रचण्डले योभन्दा पहिले एउटा व्यक्तव्य निकाल्दा संसार हल्लिन्थ्यो। अहिले माइतीघर मण्डलामा गएर बस्ने स्थिति बनाए। यसले मेरो चित्त दुःखाएको छ। उहाँलाई नदेखीकन सैनिक हिरासतमा बस्ने, गोली खान तयार हुने हामीहरु टाढा भयौँ। गलत चङ्गुलमा पर्नुभयो। प्रचण्डलाई अब उठ्न धेरै गाह्रो छ। उहाँलाई उठाउन नारायणकाजीहरुले सक्छन्?
नेपालखबरले दुर्गा प्रसाईंसँग गरेको कुराकानीको सानो अंश ।







