एकीकृत जनक्रान्ति भनेको के हो भने हामीले जे प्रयोग गरिरहेका छौं, यही नैं जनक्रान्ति हो । तर कतिपय मानिसले यसलाई अर्को जनयुद्धको रुपमा बुझे । कतिपय मान्छेहरुले यसलाई रुसको रुपमा बुझे । हामीलाई आलोचना गर्नेहरुले पनि त्यही तरिकाले बुझे ।

हामीले पछिल्लो गरेको सश्लेषणअनुसार माक्र्सले पुँजीवादसम्मको संश्लेषण गर्नुभयो । लेनिनले साम्राज्यवादसम्मको त गर्नुभयो तर विश्व निकैं नयाँ ठाउँमा पुगेको छ । वैज्ञानिक अनुसन्धान, प्राविधिक विकास, शिक्षा, स्वास्थ्यको कुरा, सामाजिक जागरणको कुरा, मानवजातिको समग्र विकास र समस्याहरुको कुराले विश्व निकैं नयाँ ठाउँमा पुगेको छ ।

लेनिनले साम्राज्यवाद भन्नुहुन्थ्यो नि त्यो माक्र्सले व्याख्या गरेकैं साम्राज्यवादअन्तर्गत थियो । अहिले हामीले हेर्यौ भने साम्राज्यवाद होइन त्योभन्दा माथि उठेर विश्व अहिले भूमण्डलीकृत चरित्रमा प्रवेश गरिसकेको छ । त्यसलाई साम्राज्यवादभित्र व्याख्या गरेमा अपूरो हुन्छ ।

एकीकृत जनक्रान्तिका लागि हामीले पाँच आधारहरुको कुरा गरेका छौं । यही कुरालाई मसिनोगरी भन्न त यहाँ सम्भव छैन । नयाँ तरिकाले जनतालाई एकीकृत गर्नुपर्ने आवश्यकता छ ।

नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवसँग रातोखबरले गरेको कुराकानीको सानो अंश ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार