इतिहास यस्तो पनि थियो । कुनै बेला माधव नेपालले कारवाही पनि गर्नुभएको थियो । आज फेरि इतिहासले माधवकै कित्तामा पुर्‍याइदियो ?

हो कारवाही गरिएको हो । म अहिले आउनेबित्तिकै माधव कित्तामा गएको पनि नभिनहालौँ ।

यही दलको कार्यकर्ता भइहालेँ पनि कुरा पनि होइन । म अतिथिको रुपमा आएको हो । म कुनै कार्यकर्ता वा नेता भएर यहाँ आएको होइन । भोलि स्थितिले त्यही ठाउँमा पुर्‍याउँदैन भन्न पनि सकिँदैन । अहिले त्यस्तो स्थिति होइन ।

फेरि पोलिटिक्समा एकचोटी भएको दुष्मनि जिन्दगीभर दुष्मनि हुन्छ भन्ने पनि होइन । ओलीजीसँगको मित्रता जेलको कठिन दिनमा घाँटीको मित्रता थियो । अहिले त्यो त रहेन । मलाई के लाग्छ भने माधवजीले कारवाही गर्दा भित्रिरुपमा चुक्ली हालेर गर्नुपर्छ भनेर पम्प दिने त ओलीजी नै हो । मलाई लाग्छ, ओलीजीको भरथेग नभएको भए माधवजीले मात्रै मलाई कारवाही गर्न सक्ने अवस्था थिएन ।

त्यसरी भित्रि जालझेल, कूटनीतिमा त ओलीजी पहिलेदेखि नै सिपालु हो । त्यो निरन्तर हुँदै आउँदा ठूलो खेमा विपक्षमा गयो । यतापट्टि माधवजीको कारवाही गरेका कुरा पुरानो हुँदै आयो ।

गणतन्त्र आएपछि ओलीजीले घरमा नै आएर ‘हिजोका कार्यकर्ता सहयोद्धा साथीहरु । मेरो नेता तिमी । तिमी पार्टीबाहिर म पार्टीको अध्यक्ष भएर बस्न मिल्यो ?’  भन्दै स्थायी कमिटीमा ल्याउछु भने ल्याएनन् । उनले चाकडी नै गर्ने हो । पछि मैले छोडदिएँ । निष्क्रिय हुँदै गइयो ।

पार्टी एकता हुँदा त मेरो नामै पनि राखेनन् । नाम नराखेपछि खोज्दै पनि म गइनँ । अहिलेको स्थिति के हो भने नेकपा एमाले ब्यूँतिदा त एमालेको केन्द्रीय सदस्य नै हो । नेकपा एमाले  पूर्ववत रुपमा त फर्कियो नि । पार्टी एकता हुँदाको एमाले सम्झने हो भने म पार्टीकोे सदस्य हो । तर म त्यो भनेर दाबी गर्न पनि गएको छैन ।

किनभने बीचमा तीनवर्ष हराएर हजुर म पनि थिएँ नि भन्दै जान मलाई रहर पनि छैन । राम्रा काम गरेर, दुनियाँको हितमा काम गरेर गएको भए सायद रहर पनि लाग्थ्यो कि ? झारपातको रुपमा उहाँहरु अघि उभिनुभएको छ । अलिअलि छिटा त माधवजीहरुलाई पनि लागेको छ । धेरै छिटा त ओलीजीले नै बोक्नुभएको छ । हुँदाहुँदै विधान, कानुन संविधान केही पनि लागेन । ओलीजीले जे चाह्यो त्यहि हुने भएको छ । यस्तो स्थितिमा त्यता गएर सल्लाह दिएर पनि केही हुँदैन ।

यहाँ उहाँहरुको के सुर रहेछ भन्दा राम्रो चेतना के लाग्यो भने । देशमा विधि विधानको विरुद्धमा उठ्ने कार्यकर्ताको केही जमात रहेछ । हिजो मनपरीतन्त्र गरेर जाँदा कसैले पनि बोल्दैनथ्यो ।

अध्यक्षले भनेपछि हाइहाइ भएर जान्थे भने अहिले त्योभन्दा फरक स्थिति छ ।

झलनाथजीको मात्रै होइन । कार्यकर्ताहरुको र्‍याङ्क एण्ड फाइल छ । ७–८ सय कार्यकर्ता आएका छन् । त्यसमा हामी झुक्किएर आयौं भन्ने कार्यकर्ता कोही पनि छैनन् ।

ओलीसँग बस्नै हुँदैन भन्ने छन् । ठूलो संख्या चाहिँ सच्याए भने फेरि एकाकार हुन सकिन्छ । पार्टी एकजुट भएर गयो भनेर केही गर्न सकिन्छ भन्ने मनशायका अत्यधिक मान्छे पाएँ ।  त्यो पनि मेरो लागि फाइदा कै कुरा । नयाँ चेतना आएछ भन्ने लाग्यो ।

एकीकृत एमाले बन्नका लागि मुख्य बाधक चाहिँ के हो ? 

ओलीको मिचाहा प्रवृत्ति नै मुख्य बाधक देखिएको छ । ओलीले २८ गतेको निर्णय फिर्ता लिएर आउनुस् एकै ठाउँमा बसेर छलफल गरौं भने त इस्यु नै छैन । माधवजीले भनेजस्तै विधि पद्धति र मुख्य समस्या हो ।

तपाईं फेरि सक्रिय राजनीतिमा फर्किनुहुन्छ ? 

मैले केही टुंगो गरेको छैन । स्थितिले माग्यो भने । सक्रिय राजनीतिमा फर्किन नसक्ने पनि होइन । त्यो वातावरण बनिसकेको पनि छैन । त्यसकारण सक्रिय राजनीतिमा आउँदिन भनेर घोषणा गरेको पनि छैन । सक्रिय राजनीतिमा आएँ भनेर टुंगोमा पुगेको पनि छैन ।

स्थिति हेर्दैछु एकातिर वातावरण बन्दैछ भने अर्कोतिर संकटमा जाँदै छ । संकटकै बेलामा म एउटा गुटमा लागेर अर्थात् ओली वा माधवको गुटमा लागेर सक्रिय हुने मानसिकतामा छैन ।

ओलीका पूराना नेता राधाकृष्ण मैनालीसँग एक अनलाइनले गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार