नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं वार्ता टोली सदस्य उदय चलाउने दीपकले आफ्नो पार्टी वर्तमान सरकारको विकल्पमा बन्ने अन्तरिम सरकारमा सहभागी हुने बताएका छन् ।

आइतबार काठमाडौंमा राष्ट्रिय जागरण मंचले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता दीपक चलाउनेले सो अन्तरिम सरकार कस्तो हुने भन्नेबारे आफुहरु वार्ता र छलफलबाट सहमतिमा पुग्न तयार रहेको बताए ।

आफ्नो पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद भएको र सो लक्ष्यमा पुग्न जनमत संग्रहको बाटो उपयुक्त हुने नेता चलाउनेको भनाई छ ।

दलाल संसदीय व्यवस्था पूर्णतः असफल भएको भन्दै नेता चलाउनेले वैज्ञानिक समाजवादको बाटोमा जानु आजको अपरिहार्य विकल्प भएको दाबी गरे ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम कार्कीले कुनै पार्टीले स्पष्ट कार्यदिशा तय गरे आफु अहिल्यैं आफु रहेको पार्टी परित्याग गर्न तयार रहेको बताए ।

विप्लव नेकपाप्रति लक्षित गर्दै प्रचण्ड नेतृत्वमा रहेका नेता कार्कीले यो पार्टीले स्पष्ट (सुविधाजनक) बाटो तय गरे आफु त्यही पार्टीमा आउन तयार रहेको कार्कीको भनाई छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा अबको आन्दोलनलाई हाँक्न लेनिनवादी संगठनात्मक पद्धतिलाई भत्काएर नयाँ विकास गरेर जान आजका कम्युनिस्टहरु तयार हुनु पर्ने उनको भनाई छ ।

माक्र्सवादी आन्दोलनमा लेनिनभन्दा माक्र्सवादको गहिरो अध्ययन रोजा र काउत्स्कीमा भएको बताउँदै उनले नेपालका कम्युनिस्ट पार्टीका नेताहरुमा माक्र्सवादको गहिरो अध्ययन नभएको कार्कीको दाबी थियो ।

एक अर्को प्रसँगमा कार्कीले नेपालको माओवादी जनयुद्ध समाप्त हुनुमा पेरुको जनयुद्धलाई अन्धनक्कल गर्दा त्यस्तो भएको भन्दैं आज नयाँ शिराबाट विचारको विकास गर्नु पर्ने जिकिर गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार