माओवादी केन्द्रका केन्द्रीय सदस्य राम कार्कीले कुनै पार्टीले स्पष्ट कार्यदिशा तय गरे आफु अहिल्यैं आफु रहेको पार्टी परित्याग गर्न तयार रहेको बताएका छन् ।

विप्लव नेकपाप्रति लक्षित थद..गर्दै प्रचण्ड नेतृत्वमा रहेका नेता कार्कीले यो पार्टीले स्पष्ट (सुविधाजनक) बाटो तय गरे आफु त्यही पार्टीमा आउन तयार रहेको कार्कीको भनाई छ ।

राष्टिय जागरण मंचले काठमाडौं आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा बोल्दैं नेता कार्कीले माक्र्सवादी आन्दोलनलाई नयाँ शिराबाट लैजान माक्र्सवादलाई नयाँ ढंगले अध्ययन गर्नुपर्ने कार्कीको जोड छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा अबको आन्दोलनलाई हाँक्न लेनिनवादी संगठनात्मक पद्धतिलाई भत्काएर नयाँ विकास गरेर जान आजका कम्युनिस्टहरु तयार हुनु पर्ने उनको भनाई छ ।

माक्र्सवादी आन्दोलनमा लेनिनभन्दा माक्र्सवादको गहिरो अध्ययन रोजा र काउत्स्कीमा भएको बताउँदै उनले नेपालका कम्युनिस्ट पार्टीका नेताहरुमा माक्र्सवादको गहिरो अध्ययन नभएको कार्कीको दाबी थियो ।

एक अर्को प्रसँगमा कार्कीले नेपालको माओवादी जनयुद्ध समाप्त हुनुमा पेरुको जनयुद्धलाई अन्धनक्कल गर्दा त्यस्तो भएको भन्दैं आज नयाँ शिराबाट विचारको विकास गर्नु पर्ने जिकिर गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं वार्ता टोली सदस्य उदय चलाउने दीपकले आफ्नो पार्टी वर्तमान सरकारको विकल्पमा बन्ने अन्तरिम सरकारमा सहभागी हुने बताए।

आइतबार काठमाडौंमा राष्ट्रिय जागरण मंचले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता दीपक चलाउनेले सो अन्तरिम सरकार कस्तो हुने भन्नेबारे आफुहरु वार्ता र छलफलबाट सहमतिमा पुग्न तयार रहेको बताए ।

आफ्नो पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद भएको र सो लक्ष्यमा पुग्न जनमत संग्रहको बाटो उपयुक्त हुने नेता चलाउनेको भनाई छ ।

दलाल संसदीय व्यवस्था पूर्णतः असफल भएको भन्दै नेता चलाउनेले वैज्ञानिक समाजवादको बाटोमा जानु आजको अपरिहार्य विकल्प भएको दाबी गरे ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार