नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले प्रतिक्रियावादीहरुबीचको संकटले क्रान्तिका लागि वस्तुगत अवस्था तयार भएको भन्दैं अब क्रान्तिकारीहरुले आत्मगत अवस्था तयार पार्नु पर्नेमा जोड दिएका छन् ।

कुनैं एउटा कम्युनिस्ट पार्टीले मात्र देशमा क्रान्ति गर्न नसक्ने भन्दैं सबैं सच्चा कम्युनिस्टहरु एक भएर अगाडि बढ्नु पर्ने गजुरेलको भनाई छ ।

नेता गजुरेलले क्रान्तिका लागि वस्तुगत स्थिति असाध्यै अनुकूल बनेको र क्रान्तिकारीहरुको आत्मगत अवस्थालाई सुदृढ तुल्याउनु पर्ने बताए ।

यसैबीच नेता गजुरेलले आफ्नो पार्टीको एक कार्यक्रममा गजुरेलले देशमा आएको असाधारण राजनीतिक संकटलाई क्रान्तिमा बदल्ने जिम्मेवारी क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् ।

साथैं उनले पार्टी एकतालाई लक्षित गर्दै चार पार्टीको रणनीतिक संयुक्त मोर्चा बनाइएको पनि बताए ।

नेता गजुरेलले अब छिट्टै बसेर रणनीतिक संयुक्त मोर्चाको दोस्रो चरणको कार्यक्रम घोषणाा गरिने पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार