
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले सम्पूर्ण उत्पीडित जाति हरुको मुक्ति वैज्ञानिक समाजवाद मा मात्र हुने बताएका छन् छन् ।
आफ्नो पार्टी निकट मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय पूर्ण बैठक पछि संबोधन गर्दै नेता बुढामगरले विश्वको सबैभन्दा उत्कृष्ट व्यवस्था वैज्ञानिक समाजवाद मात्र भएकोले सम्पूर्ण उत्पीडित वर्ग र जातिहरू समाजवादको बाटोमा जानु पर्ने बताए ।
नेपालको सन्दर्भमा वैज्ञानिक समाजवाद प्राप्त गर्ने बाटो एकीकृत जनक्रान्ति भएकोले नेपालका सबै उत्पीडित वर्ग र जातिहरू सो बाटोमा लामबद्ध हुनु पर्ने नेता बुढाको दाबी छ ।

मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको बैठकले यही जेठ २१ र २२ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकले २०७८ जेठ २१ र २२ गते तनहुँमा चौंथो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागी गमबहादुर श्रीस मगरको संयोजकत्वमा ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
बैठकले विधान प्रतिवेदन लेखन उपसमिति, व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, प्रकाशन उपसमितिलगायत अन्य उपसमितिहरु समेत गठन गरेको छ ।
त्यसैगरी सचिवालयको कार्यविभाजन गरेको छ भने १२ ब्युरोहरुमा संयोजकहरु तोकेको, आयोजक समिति बाहेक १०० जना प्रतिनिधि र २० जना पर्यवेक्षक सम्मेलनमा सहभागि रहने र कम्तिमा ४२ जिल्लामा भेला सम्मेलन गर्ने निर्णय गरेको संयोजक गमबहादुर श्रीस मगरले बताए ।
सम्मेलनका लागी मोर्चाले “वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौं ! जातीय मुक्तिका लागी चौथौं राष्ट्रिय सम्मेलन भव्य रूपमा सफल गरौं !” भन्ने नारा तय गरेको छ ।







