
नेकपा एमालेका माधव नेपाल पक्षका नेता विष्णु रिजालले प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टिकरणमार्फत् कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको बताएका छन् ।
नेता रिजालले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा यति कुरा प्रस्ट छ भन्दै कसैले माधव नेपालबिनाको नेकपा एमाले कल्पना गरे त्यो एकीकृत एमाले नभइ विभाजित एमाले हुने समेत बताएका छन् ।
रिजालले नेकपा (एमाले) को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरू बन्द गर्नुपर्ने र फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनस्र्थापित नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र विधानको बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जे-जे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्नेमा जोड दिएका छन् ।







