भारतमा ६ वर्षदेखि फरार रहेका एक माओवादी विद्रोही अस्पतालमा कोरोना भाइरसको परीक्षण गराउन आउँदा पक्राउ परेका छन्।

आजतकका अनुसार झारखण्डको चतरामा मनिष यादव नामका एक माओवादी विद्रोही सहजै पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनलाई पक्राउ गर्न प्रहरीले ६ वर्ष धेरै दुख गरेका थिए। तर कोरोनाको परीक्षण गर्न अस्पताल आएपछि उनलाई प्रहरीले बिना झन्झट् गिरफ्तार गरेको हो।

प्रहरीका अनुसार कोरोना भाइरसबाट मनिष यादव त्रसित थिए। जसका कारण ६ वर्षदेखि लुकेका उनी बाहिर आए।

मनिषविरुद्ध ६ वर्ष अगाडि नै झारखण्डको कुन्द प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो।

उनलाई प्रहरीको गस्ती टोलीमाथि विस्फोटक पदार्थ पड्काएइको आरोप लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार